देश

    भक्तपुरको सूर्यविनायकबाट सात जना जुवाडे पक्राउ

    नवलपुर टुडे
    २०७९ पुस ३ | मध्यान्ह ०१:०९ बजे

      काठमाडौं, पुस ३ । भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोटबाट प्रहरीले सात जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।

      दधिकोटको खड्का गाउँस्थित ३७ वर्षीय उमेश थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । जुवातास खेलिरहेको सुराकको आधारमा प्रहरी प्रभाग दधिकोटबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

      प्रहरीले जुवाखालबाट ५९ हजार ८ सय रूपैयाँ नगद र ६१ पत्ती तास बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । 

        कमेन्टहरु