देश

    सातै प्रदेशका प्रमुखलाई आज निर्वाचन प्रतिवेदन बुझाउँदै आयोग

    नवलपुर टुडे
    २०७९ पुस २ | मध्यान्ह १२:०९ बजे

      काठमाडौं, पुस २ । गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आज निर्वाचनले बुझाउँदैछ। आयोगले निर्वाचन प्रतिवेदन सातै प्रदेशका प्रमुखलाई बुझाउन लागेको हो।

      निर्वाचन प्रतिवेदन बुझाउन आयोगका पदाधिकारी प्रदेशका राजधानी पुगिसकेकाले दिउँसो १ बजे सबै प्रदेशका प्रमुखले प्रतिवेदन पाउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

      प्रदेशसभातर्फ प्रत्यक्षबाट ३३० र समानुपातिकबाट २२० गरी ५५० जना निर्वाचित भएका छन्।

        कमेन्टहरु