समाचार

    हुलाकि राजमार्ग अन्तर्गतका घर टहरा हटाउन विजयनगर गाउँपालिकाद्वारा सूचना जारी

    नवलपुर टुडे
    २०७९ पुस २ | बिहान ०८:०९ बजे

      धर्मेन्द्र कुमार कुर्मी
      कपिलवस्तु, पुस २ । कपिलवस्तुको विजयनगर गाउँपालिकाले हुलाकि राजमार्ग अन्तर्गतका घर÷टहरा तथा निर्माण गरेका अन्य संरचना हटाउन सूचना जारी गरेको छ ।

      हुलाकि राजमार्ज अन्तर्गत दत्तपुर- तुरुन्तपुर सडक खण्ड स्तरउन्नति गर्न अवरोध पुराएको भन्दै घर/टहरा हटाउन सूचना जारी गरेको हो ।

      गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले सुचना जारी गर्दै १५ दिन भित्र सडकको स्विकृत डिपिआर अनुसार सडकको रेखांकन कायम भएको क्षेत्रमा रहेका घर/टहरा हटाउन आग्रह गरेका छन् ।

      समय सिमाभित्र नहटाएमा प्रचलित कानुन बमोजिम हटाउने सुचनामा उल्लेख छ ।

      photo 2022 12 17 09 25 47

        कमेन्टहरु