मुख्य समाचार

    नवलपुरको देवचुलीमा गैंडाको आक्रमणबाट एक जना घाइते

    नवलपुर टुडे
    २०७९ पुस १ | बिहान ०९:०९ बजे
    फाइल तस्बिर

      नवलपुर, पुस १ । नवलपुरको देवचुली नगरपालिका – ७ गैंडीमा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन् ।

      सोही नगरपालिका – १२ का वडा अध्यक्ष लोकप्रसाद भुर्तेलका अनुसार आज बिहान ८ बजे देवचुलीको एस मोडमा बाटोमा हिँड्दै गरेका एक स्थानीयलाई गैंडाले आक्रमण गरेर घाइते बनाएको हो ।

      उनको दुम्कौलीस्थित प्राथामिक स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि भरतपुर अस्पताल पठाइएको छ । उनको विवरण खुलेको छैन । बाक्लो हुस्सु लागेका कारण मान्छे नचिनिने अवस्था रहेको बेला गैंडाले आक्रमण गरेको हो ।

      महेन्द्रराजमार्गबाट करिब ४ किलोमिटर उत्तरमा गैंडाले आक्रमण गरेको हो । चितवन राष्ट्रिय निकुन्जबाट निस्केको गैंडा चर्दैचर्दै राजमार्गको उत्तरतर्फ गएको स्थानीयले बताएका छन् ।

        कमेन्टहरु