मनोरन्जन

    परासीमा ब्लू स्काई स्टुडियो कला क्षेत्रदेखि सामाजिक कार्यमा अग्रसर, स्थानीय सरकार बेखबर(तस्बिर सहित)

    नवलपुर टुडे
    २०७९ पुस १ | बिहान ०३:०९ बजे

      रामजी प्रजापति
      परासी । नवलपरासी जिल्लामा करिब ४ बर्ष अगाडीदेखि कलात्मक रचनादेखि, कलात्मक भावनाले कला क्षेत्रमा हरेक नेपालीको मन मस्तिष्कमा बस्न सफल रहेका आम युवाको चाहनालाई पूरा गर्ने उद्देश्यले उदाएका असल व्यक्तित्व दीपक साहनीले नवलपरासी जिल्लाको रामग्राम नगरपालिका – ५ घण्टाघर बाल मन्दिरस्थित ब्लू स्काई स्टुडियो सञ्चालन गरेर कला क्षेत्रमा एउटा अनुपम उदाहरण प्रस्तुत गरेका छन ।received 545559270950157

      जिल्लाको परासीको एउटा कुनाबाट उठाएका स्टुडियोका माध्यमबाट कलिला बालबालिकाले आफू भित्र भएको कला, प्रतिभालाई उजागर गर्ने एक मात्र विश्वसनीय थलोको रुपमा परिचित स्टुडियोले कैयौ पटक आफ्ना दमदार प्रस्तुतिको प्रदर्शन गरिसकेका छन् । कलाबाट उहाँहरुले अभ्यासको रुपमा धेरैनै राम्रो काम गरिरहेकाले अहिले धेरै फिल्म मेकरहरुको फोन पनि आईरहेको साहनीले बताए । केहि महिना पहिला उक्त स्टुडियोलाई लिएर नेपाली र थारु म्युजिक भिडियोहरु पनि आफ्नो कोरियो ग्राफिको रुपमा स्टन्ड तथा डान्स स्टेप दिएर नाम कमाएका दिपक, अहिले सबको मनमा बस्न सफल भएका छन ।received 539242058084263

      जिल्लामा सरसफाइ तथा नगरपालिकाद्वारा गरिएको सरसफाईमा त्यही नवलपरासीको डान्स सिकाउने राम्रो ठाउँ नभएको अवस्थामा स्थापित स्टुडियोले गत मंसिर २४ गतेका दिन दीपक साहनी र स्टुडियोका माध्यमबाट आफ्ना स्टुडियो परिसरको एक कार्यक्रमका बीच सरसफाई कार्यक्रम सम्पन्न गरिएको एक स्थानीयले जानकारी दिए । हरेक काममा सहयोग गर्ने नगरपालिका कलात्मक र त्यहि रामग्राममा हुर्किएका र सिकेका कलाकारहरु आफ्नो कलाको क्षमता प्रदर्शन गर्न कुनै ठाउँ नपाएर सरोकावालाले पनि देखेर पनि नदेखेको जस्तै ब्यबहार गर्दा कला सिक्ने मध्ये एक जनाले दुखसमेत पोखे।

      रामग्राम नगरपालिकाको वडा नं ५ मा रहेको उक्त स्टुडियो प्रति स्थानीय सरकारसमेत मौन बसेको छ । कला र संस्कृतिको विकासको लागि सरकारले बजेट विनियोजन गरेपनि उक्त सेवाबाट वञ्चित कलिला बालबालिकाले संचालन गर्दै आएको स्टुडियोको स्तर माथी उठ्न नसक्नु चिन्ताको बिषय बनेको छ ।received 1088856665144389

      देशमा स्थानीय सरकार आएको छ । स्थानीय सरकारलेसमेत बेवास्ता गर्दा कलिला बालबालिकाले संचालन गर्दै आइरहेको उक्त स्टुडियोमा सहभागी हुनेहरुले के कलाको मुल्यांकन नै हुदैन कि भन्नेसमेत चिन्ताको बिषय बनेको छ । नवलपरासी जिल्लाका सौगात मल्ल, प्रमोद अग्रहरी लगायत धेरै चर्चित कलाकारहरु छन । तर, स्थानीय सरकार, सरोकारवालाले चासो नलिदा स्थानीय नयाँ कलाकार र कला क्षेत्रमा रुचि राख्नेहरु अन्योलमा परेका छन ।

        कमेन्टहरु