सिरहामा मोटरसाइकल चोरी फरारसंग पेस्तोलसहित पक्राउ

नवलपुर टुडे
२०७९ मंसिर २९ | मध्यान्ह ०६:०८ बजे

सिरहा, मंसिर २९ । मोटरसाइकल चोरी फरार रहेका सिरहाको विष्णुपुर गाउँपालिका -३ राजपुरका विन्दे दास पेस्तोलसहित पक्राउ परेका छन् ।
विवाह चलिरहेको स्थानबाट मोटरसाइकल चोरेर फरार रहेका दासको घरमा खानतलासी गर्दा कम्मरमा लुकाइ राखेको अवस्थामा एक थान कटुवा पेस्तोलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीसँगै मोटरसाइकल चोरीमा संलग्न सोही स्थानका २८ वर्षीय सरोज यादव फरार रहेका छन् । हाल फरार सरोजको खोजीका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेकोसमेत सिरहा प्रहरीले जनाएको छ ।





