पाँचथरमा आगो तापिरहेकी वृद्धाको जलेर मृत्यु

नवलपुर टुडे
२०७९ मंसिर २८ | मध्यान्ह ०५:०८ बजे

फिदिम, मंसिर २८ । आगोले जलेर पाँचथरको फिदिम नगरपालिका – १३ लुङरुपाका एक वृद्धाको ज्यान गएको छ ।
९१ वर्षीया सुखरानी नेम्वाङको घरमा आगलागी हुँदा जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
आगो तापिरहेको बेला शरीरमा आगो सल्केर नेम्वाङको बुधबार बिहान ८ बजेतिर निधन भएको हो । उनी घरमा एक्लै बस्दै आएकी थिइन् ।





