समाचार

    संसद् सचिवालयका सचिव घिमिरेले दिए राजीनामा

    नवलपुर टुडे
    २०७९ मंसिर २८ | मध्यान्ह ०१:०८ बजे

      काठमाडौं, मंसिर २८ । संघीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले राजीनामा दिएका छन् । घिमिरेले मंगलबार दिएको राजीनामा बुधबार स्वीकृत भएको छ ।

      प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग निष्क्रियको पत्र दिएपछि महासचिव डा.भरतराज गौतमको राजीनामा माग भइरहँदा सचिव घिमिरेले राजीनामा दिएका हुन् ।

      उनले राजीनामा पत्रमा भने आफूले पारिवारिक कारणले राजीनामा दिएको उल्लेख गरेका छन् ।

        कमेन्टहरु