धनुषामा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

नवलपुर टुडे
२०७९ मंसिर २८ | बिहान ११:०८ बजे

धनुषा, मंसिर २८ । धनुषामा ज्यान मार्ने कसुरमा फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा कैद सजाय पाएका तत्कालीन गाविस भुतही पर्टेवा १ का दिनेश मण्डललाई पक्राउ गरेका हुन ।
जिल्ला अदालत धनुषाले उनलाई ०७७ चैत २४ गते पाँच वर्ष कैद सजायकाे फैसला सुनाएको थियो । अदालतकाे आदेशपछि फरार भएका उनलाई प्रहरीले ९ महिनापछि पक्राउ गरेको हो ।
साेही ठाउँका सुखचेन मण्डलले उनीमाथि जाहेरी दिएका थिए । पक्राउ परेका दिनेशलाई कैद भुक्तानीकाे लागि धनुषा प्रहरीले उनलाई जलेश्वर कारागार पठाएको छ ।





