देश

    पुस ५ गतेदेखि नारायणगढ-मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने

    नवलपुर टुडे
    २०७९ मंसिर २८ | बिहान ११:०८ बजे
    फाइल तस्बिर

      चितवन, मंसिर २८ । पुस ५ गतेदेखि एक महिना चितवनको नारायणगढ-मुग्लिन सडकखण्ड दैनिक चार घन्टा बन्द हुने भएको छ । यस सडकखण्डमा पर्ने चार वटा पुल निर्माण गर्न बाँकी रहेकोले सवारी साधन रोकेर पुल निर्माणका काम गर्न लागिएको हो ।

      यही पुस ५ गतेदेखि बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म एक महिना हरेक दिन सवारी साधन सञ्चालनमा रोक लगाइने सडक आयोजनाले जानकारी दिएको छ ।

      सिमलताल, कालीखोला, तुइनखोला र चिसेन्जी खोलामा पुल निर्माणको काम सुरु भएको छ ।

      हेर्नुस् सूचनाः

      photo 2022 12 14 11 31 52

        कमेन्टहरु