सिरहामा व्यापारीहरुले गरे विष्णुपुर गाउँपालिकामा घण्टौ तालाबन्दी


मंसिर -२७,सिरहा । सिरहाको विष्णुपुर गाउँपालिकामा व्यापारीहरुले घण्टौ तालाबन्दी गरेको थियो । गाउँपालिका अध्यक्ष,वडा अध्यक्ष र व्यापारीहरु वीच भएको विवादमा आक्रोशित व्यापारिक समूहहरुले तालाबन्दी गर्दा गाँउपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, कर्मचारीहरु लगायतका कार्यपालिका सदस्यहरु घण्टौ कार्यालय भित्र थुनिएका थिए ।
मंगलबार दिउँसो व्यापारिहरुले वजार व्यवस्थापन समिति गठन सम्बन्धि छलफलका लागि गाउँपालिका अध्यक्ष सत्य नारायण यादब र वडा नम्बर १ का अध्यक्ष भोगिन्द्र यादबलाई डाकेको थियो । तर, सो बैठकमा नआएको देखेर व्यापारीहरुले फोन मार्फत सम्पर्क गरेर बोलाउदा वडा अध्यक्ष यादवले व्यपारीहरुलाई अपशब्द बोलेको आरोप लगाउदै व्यापारीहरु आक्रोशित भएर गाँउपालिका र वडा कार्यालयमा तालाबन्दी गर्न पुगेको एक व्यापारीले बताए ।
तालाबन्दी गरेर व्यापारीहरुले गाउँपालिकाको जिम्मेवार व्यक्तिहरुको रबैया देखेर विष्णुपुर बजार केही क्षणका लागिसमेत बन्द भएको थियो । पछि कार्यालय भित्र थुनिएका जनप्रतिनिधिहरुलाई प्रहरी प्रशासन र व्यापारीहरुको रोहवरमा तालाबन्दी खुलेको थियो ।
सोही विषयमा विष्णुपुर गाउँपालिकाका अध्यक्ष यादव सँग बुझदा उनले भने, बजार व्यवस्थापन सम्बन्धि औपचारिक रुपमा मलाई केही थाहा नहुदाँ हुदै पनि आरजकता शैलीमा विष्णुपुर बजारका व्यापारीहरुले होहल्ला मचाउँदै बोर्ड बैठक बसेकै बेला बाहिरबाट ताला बन्दी गरेको बताए ।





