देश

    धनुषाबाट स्रोत नखुलेको २४ लाख नगदसहित भारतीय नागरिक पक्राउ

    नवलपुर टुडे
    २०७९ मंसिर २७ | मध्यान्ह ०४:०८ बजे

      धनुषा, मंसिर २७ । धनुषाबाट स्रोत नखुलेको २४ लाख भन्दा बढी नगदसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनीं जिल्ला मंगपट्टी १ मंदिर, विशौल बस्ने २३ वर्षीय उमेश कुमार रहेको सशस्त्र प्रहरी धनुषाले जनाएको छ ।

      धनुषाको बिदेह नगरपालिका ९ ईटहर्वास्थित सीमा इलाकामा सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रुपमा नेपालतर्फ आउँदै गरेको प्रदेश २–०२–००५ प ५७९८ नम्बरको मोटरसाइकलको ट्यांकी भित्र लुकाई छिपाई राखेको २४ लाख १७ हजार बरामद भएको हो ।

      यस्तै सशस्त्र प्रहरीले मोटरसाइकलको दुईलाख मुल्यांकन गरी रुपैयाँ र पक्राउ परेका युवकलाई भन्सार कार्यालय जनकपुरधाममा बुझाएको सशस्त्र प्रहरी बलले जनाएका छन् ।

        कमेन्टहरु