देश

    सर्लाहीमा देवरको परिवारले कुटपिट गर्दा, वृद्धा भाउजूको ज्यान गयो

    नवलपुर टुडे
    २०७९ मंसिर २७ | बिहान ११:०८ बजे

      सर्लाही । सर्लाहीको चक्रघट्टमा कुटपिटबाट एक वृद्धाको ज्यान गएको छ। सोमबार चक्रघट्ट गाउँपालिका–२ भेल्ही निवासी अन्दाजी ७० वर्षकी सागर देवीको आफ्नै देवरको परिवारको कुटपिटबाट ज्यान गएको हो। जग्गाको विषयमा भएको विवादमा सागर देवीमाथि देवर ६५ वर्षका पुकार राय, उनका छोरा ४० वर्षका जितु भनिने जितेन्द्र राय र बुहारी ३० वर्षकी अनितादेवी रायले कुटपिट गरेका स्थानीयको भनाइ छ।

      घटनाको सूचना पाएको प्रहरी टोलीले घटनास्थलबाट मुचुल्का तयार गरेर वृद्धाको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलंगव पुर्याएको छ।

      घटनामा संलग्नमध्ये देवर पुकारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी विजयी यादवले जानकारी दिए। आरोपित जितेन्द्र र अनिता फरार रहका छन् । फरार दुवैको खोजी भइरहेको र घटनाको विषयमासमेत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी यादवले जानकारी दिए।

        कमेन्टहरु