देश

    समानुपातिकतर्फको अन्तिम सूची आज सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी

    नवलपुर टुडे
    २०७९ मंसिर २७ | बिहान ११:०८ बजे

      काठमाडौँ, मंसिर २७ ।निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम सूची आज सार्वजनिक गर्ने तयारी गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अुनसार गत सोमबार दलहरूले बुझाएको अन्तिम सूची रुजु गर्ने काम सकिएको छ । आज नामावली सार्वजनिक हुनेछ । आयोगले समानुपातिकतर्फको सिट निर्धारण यसअघि नै गरिसकेको छ ।

      जसअनुसार प्रतिनिधिसभामा एमालेले ३४, कांग्रेसले ३२, माओवादीले १४, स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ तथा जसपा र जनमतले ५९५ सिट पाएका छन् । प्रत्यक्षतर्फको नतिजा यसअघिको सार्वजनिक भइसकेको छ ।

      समानुपातिकको अन्तिम नतिजा सार्वजनिक भएसँगै आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अन्तिम परिणाम बुझाउनेछ । त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

        कमेन्टहरु