मौसम

    आजको मौसम पहाडमा आंशिक बदली, तराईमा हुस्सु लाग्ने

    नवलपुर टुडे
    २०७९ मंसिर २७ | बिहान ०७:०८ बजे

      काठमाडौ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

      आज बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ । आज दिउँसो प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रहनेछ।  राती प्रदेश १ र  गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ। 

      तराईका केही भू-भागमा बिहानीपख हुस्सु लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

        कमेन्टहरु