देश

    गुल्मीमा किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

    नवलपुर टुडे
    २०७९ मंसिर २६ | मध्यान्ह ०९:०८ बजे

      इन्द्रजित नेपाली गुल्मी
      गुल्मी, मंसिर २६ । गुल्मीको मुसिकोट नगरपालिकामा १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

      मुसिकोट नगरपालिका-१ पखेरा बस्ने २१ वर्षीय दिपेन्द्र बिक पक्राउ परेका हुन् । उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । विकले ती किशोरीलाई शुक्रबार बिहान जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पौदिअमराईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

      यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु