देश

    कपिलवस्तुमा १६ किलो अफिम सहित ३ महिला पक्राउ

    नवलपुर टुडे
    २०७९ मंसिर २६ | मध्यान्ह ०८:०८ बजे

      धर्मेन्द्र कुमार कुर्मी
      विजयनगर । कपिलवस्तुको नेपाल भारत सिमानाका कृष्णनगरस्थित यात्रु गेटबाट नेपाल प्रहरीले १६ किलो अफिमसहित ३ महिलालाई पक्राउ गरेको छ ।

      जिल्लाको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेको कमाण्डमा खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ लैजादै गरेको आवस्थामा लागुऔषध अफिमसहित ३ महिलालाई पक्राउ गरेको हो ।

      पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ मानपुर बस्ने वर्ष ४३ की आस कुमारी बुढा, दाङ लमही नगरपालिका वडा नं. ४ लमही बस्ने बर्ष ४८ की नर्मला बिक र रोल्पा घर भई हाल लमही नगरपालिका वडा नं. ४ लमही बस्ने बर्ष ३६ की भावना पुन मगर रहेको प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

      सोमबार दिउँसो १ बजे नेपालबाट भारत जादै गर्दा शंकाले खानतलासी पुर्जी अनुसार महिलाहरुले कम्मर भागमा कालो कपडामा लुकाएको आवस्थामा अफिम बरामद गरिएको प्रहरीले जनाएको छ ।

      प्रहरीले बरामद अफिमको ४० लाख मुल्य पर्ने प्रहरीले जनाएको छ । बरामद अफिमको बारेमा थप अनुसान्धान जारी राखेको प्रहरीले जनाएको छ । पक्राउ परेका महिलाहरुलाई प्रहरी हिरासतमा राखिएको छ ।

        कमेन्टहरु