देश

    जाजरकोट जीप दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो

    नवलपुर टुडे
    २०७९ मंसिर २६ | मध्यान्ह ०७:०८ बजे

      जाजरकोट । जाजरकोटमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ। प्रहरीका अनुसार ९ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

      सोमबार दिउँसो साढे ४ बजे छेडागाड नगरपालिका–४ स्थित खातिजेवाबाट सोही नगरपालिकाको वडा नम्बर ५ मा रहेको नगर अस्पतालमा उपचारको लागि बिरामी लिएर जाँदै गरेको जीप दुर्घटना भएको हो । चालक मान बहादुर रावतले चलाएको कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जीप भीरबाटी भन्ने स्थानमा आफैँ अनियन्त्रित भएर २०० मिटर तल खसेको थियो । 
       
      अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय दशेराबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको टोली उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

      घटनास्थल इलाका प्रहरी कार्यालय दशेराबाट करिब ८ किलोमिटर पूर्व र जिल्ला प्रहरी कार्यालयबाट ४६ किलोमिटर पश्चिम रहेको छ । 

      मृतकको नामावली यसप्रकार छ-
      १)चालक मानबहादुर रावत –भगवतीमाई गाउँपालिका– २ दैलेख  
      २)अम्मर बहादुर खड्का – भगवतीमाई गाउँपालिका दैलेख
      ३)सुरेन्द्र केसी– भगवतीमाई –३ दैलेख
      ४)वीर बहादुर खत्री –छेडागाड नगरपालिका–६ जाजरकोट
      ५)जयकुमार बुढा– छेडागाड ५ जाजरकोट
      ६)नैसरा अधिकारी– छेडागाड ५ जाजरकोट
      ७)राम बहादुर बुढा – छेडागाड ६  जाजरकोट
      ८)दीपक अधिकारी– छेडागाड ५ जाजरकोट
      ९) देवीसरा बुढा –छेडागाड ५ जाजरकोट
      १०)अम्मर बहादुर अधिकारी–छेडागाड ५ जाजरकोट
      ११)निशा अधिकारी  –छेडागाड जाजरकोट

      घाइते छेडागाड – २ का जयनाथ अधिकारीलाई उपचारका लागि नेपालगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । 

        कमेन्टहरु