समाचार

    चितवनको भरतपुरमा बिहे भोज खाएपछि २०० बढी बिरामी

    नवलपुर टुडे
    २०७९ मंसिर २६ | मध्यान्ह ०४:०८ बजे

      चितवन, मंसिर २६ । चितवनको भरतपुरमा बिहे भोज खाएपछि २०० बढी बिरामी भएका छन् । नवलपुरको गैडाकोटबाट भरतपुर जन्ती गएका उनीहरुले भरतपुरमा रहेको चितवन गार्डेन रिसोर्टमा शुक्रबार बिहे भोज खाएपछि बिरामी परेका हुन् ।

      भोज खाएपछि केटा र केटी दुवैतर्फ बिरामी भएको दुलहीका दाई विशाल अधिकारीले जानकारी दिए । गैडाकोँट नगरपालिका – १ बाट गणेश ढकालको बिहेमा आफन्त र साथिभाई जन्ती आएका थिए । दुलही करिष्मा अधिकारीको घर हाकिमचोक भएपनि रिसोर्टबाट विहे भएको थियो । भोज खाएकाहरुलाई ज्वरो आउने, पेट दुख्ने र पखला लाग्ने समस्या भएपछि केही अस्पताल भर्ना समेत भएका छन् ।

      विहे भोजमा करिब पाँचसय जनाले खाना खाएका मध्ये मासु खाएका सबै जना बिरामी भएका थिए । अहिले ३० जना नेशनल सिटी अस्पतालमा भर्ना भएको जनाइएको छ ।

        कमेन्टहरु