प्रहरी प्रशासनकै मिलोमतोमा गोलबजारमा यौनधन्दा


सिरहा, मङ्सिर २६ । सिरहाको गोलबजारस्थित प्रहरी प्रशासनकै मिलोमतोमा खुल्लेआम यौनधन्दा भइराखेको पाइएको छ । गोलबजार नगरपालिका वडा नं. ६ मा रहेको ईलाका प्रहरी कार्यालय अगाडी ग्रामिण क्षेत्रमा अवैद्य रुपमा यौनधन्दा हुदै गरेको पाइएको हो ।
ईलाका प्रहरी कार्यालय गोलबजारबाट पनि प्रहरीहरु यौनकर्मी कहाँ यौन प्यास मेटाउन पुग्ने गरेको यौनकर्मीहरु बताउँछन् । गोलबजारको अधिकांश ठाउँमै खुल्लेआम यौनधन्दा भएपनि प्रहरी प्रशासन र सम्बन्धित निकायहरु मौन बसेका छन ।
गोलबजारको अधिकांश होटेलहरुमा यौनधन्दा भइरहेको नाम नखोल्ने सर्तमा एक व्यवसायले बताए । उनले भने ‘बिहानको १० बजेदेखि बेलुकी साझ ५ बजेसम्म गोलबजारको बिभिन्न होटेलहरुमा यौनधन्दा भइराखेको हुन्छ ।’ प्रहरीले महिनावारीको रुपमा पैसा उठाउने गरेको व्यवसायीको आरोप छ ।
ईलाका प्रहरी कार्यालय गोलबजारको पूर्वपट्टी छेउमा रहेको घरमा एक महिलाले यौनधन्दा चलाउँछिन । प्रत्यक दिन कम्तिमा १० देखि १५ जना आउने गरेको ती महिलाले बताउँछिन । बजारको दिन अलि बढी चल्ने गरेको उनले बताइन् ।
यता प्रहरीहरुले नामको लागि मात्र होटेलहरुमा छापा हान्ने र पछि पैसाको लेनदेन गरेर यौनकर्मी र होटलका साहुहरुलाई छोड्ने गरेको एक व्यवसायीको आरोप छ । उनले भने ‘अहिले पनि गोलबजारमा यौन धन्दा फस्टाएको छ ।’ सिरहाको विभिन्न बजारमध्ये गोलबजार पनि एक नमुना बजारको रुपमा परिचित छ ।





