अनलाइनमार्फत सट्टाबाजी गर्ने दुई पक्राउ


काठमाडौं, मंसिर २६ । अनलाइनमार्फत सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौंबाट दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका नरदेवी बस्ने भारत राजस्थान प्रदेश चुरू सृजनगढ ठाना घर भएका ३२ वर्षीय पवन कुमार शर्मा र काठमाडौं बुढानीलकण्ठ नगरपालिका–८ कपन बस्ने पाल्पा रैनादेवी छहरा गाउँपालिका–४ घर भएका ३७ वर्षीय रुद्रप्रसाद पोखरेल रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रुद्रप्रसाद पोखरेललाई काठमाडौं महानगरपालिका–१ जमलबाट र पवन कुमार शर्मालाई काठमाडौं महानगरपालिका नरदेवीबाट विभिन्न गेमहरूमा अनलाइन सट्टाबाजी गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई सट्टाबाजी गर्न गराउन नहुने कसुरअन्तर्गत थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।





