देश

    धनुषामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या

    नवलपुर टुडे
    २०७९ मंसिर २६ | बिहान ०९:०८ बजे

      जनकपुरधाम, मंसिर २६ । धनुषामा धारिलो हतियारको प्रहारबाट एक महिलाको हत्या भएको छ । बटेश्वर गाँउपालिका ५ शान्तिपुरकी २८ वर्षीया अमृता यादवको सोमबार विहान हत्या भएको हो ।

      हतियार प्रहारपछि गम्भीर घाइते भएकी यादवको जनकपुरधामस्थित काव्य अस्पतालमा उपचार गरिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हो । उनका श्रीमान वीरेन्द्र यादवले आज बिहान करिब ४ बजेतिर तीन/चार जना नकावधारी समूह घरमा आएको र श्रीमतीको हत्या गरेको बयान प्रहरीलाई दिएका छन् ।

      वीरेन्द्रलाई पनि प्रहरीले शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको छ । यसअघि वीरेन्द्रले श्रीमतीलाई कुटपिट गर्ने गरेको स्थानीयहरूले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले जनाए ।

        कमेन्टहरु