कर्मयोगी समाजसेवा पुरस्कार विनोद पहाडीलाई

नवलपुर टुडे
२०७९ मंसिर २५ | मध्यान्ह ०४:०८ बजे

बुटवल । मानव अधिकार तथा शान्ति समाजले प्रदान गर्दै आएको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार रुपन्देहीका अग्रज पत्रकार एवं पूर्वसांसद विनोद पहाडीले पाएका छन् । आइतबार एक समारोहका बीच लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले पहाडीलाई नगद १ लाख १० हजार रुपैयाँसहित सम्मान गरेका हुन् ।
तीन दशकदेखि सामाजिक न्यायको क्षेत्रमा गरेको योगदान बापत पहाडीलाई सम्मानित गरिएको समाजका केन्द्रीय महासचिव रामकृष्ण बरालले बताए ।
पुरस्कृत भएपछि बोल्दै पहाडीले यो पुरस्कार रकम आफूले निजी काममा खर्च नगर्ने भन्दै पुरस्कार अक्षयकोषको स्थापनाका लागि प्रयोग गर्ने घोषणा गरे ।





