समाचार

    मधेसी आयोगका अध्यक्ष विजयकुमार दत्त ‘कर्णश्री’ उपाधिबाट सम्मानित

    नवलपुर टुडे
    २०७९ मंसिर २५ | मध्यान्ह ०१:०८ बजे

      काठमाडौ । मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तलाई कर्णकुम्भ सम्मेलनमा ‘कर्णश्री’ उपाधिबाट सम्मानित गरिएको छ ।

      कायस्थ जातिको महाभेलाको रूपमा प्रख्यात कर्णकुम्भ– २०७९ को अवसरमा राष्ट्रिय नाचघरमा आयोजित दुईदिवसीय कार्यक्रममा डा. दत्तलाई उनले सुशासन र शिक्षाको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सो सम्मान प्रदान गरिएको हो।

      सो कार्यक्रममा पूर्व प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, सर्वोच्च अदालतका पूर्वन्यायधीश गिरीशचन्द्र लाल, लोकेन्द्र मल्लिकलगायत कायस्थ जातिका अगुवाहरूको उपस्थिति रहेको थियो।

        कमेन्टहरु