समाचार

    मिसेस वर्ल्डमा भाग लिन दीक्षा केसी उडिन् अमेरिका

    नवलपुर टुडे
    २०७९ मंसिर २५ | मध्यान्ह ०१:०८ बजे

      काठमाडौ । ‘मिसेस वर्ल्डमा नेपाल २०२२’ विजेता दीक्षा केसी अमेरिका उडेकी छन् ।

      डिसेम्बर १७ देखि अमेरिकाको लस भेगासको वेस्टगेट रिसोर्टमा आयोजना हुने ‘सिसेस वर्ल्ड’ मा सहभागी हुन उनी शनिबार त्यसतर्फ लागेकी हुन् ।बसन् १९८४ मा स्थापित ‘मिसेस वर्ल्ड’ विवाहित महिलाहरूको सहभागिता रहने सौन्दर्य प्रतियोगिता हो ।

      प्रतियोगितामा अमेरिका, युरोप, एसिया, अफ्रिका, अस्ट्रेलिया लगायत ६० भन्दा बढी राष्ट्रहरूको सहभागिता रहने गर्दछ । प्रतियोगितामा केसीले राष्ट्रिय पोसाकदेखि नेपाली कलासंस्कृति झल्कने विभिन्न पोसाक समेत प्रस्तुत गर्नेछिन् ।

      दीक्षा रिबन इन्टरटेनमेन्टद्वारा आयोजित वाई वाई ‘मिसेस नेपाल वर्ल्ड २२’ की विजेता हुन् । 

        कमेन्टहरु