मौसम

    देशभर बढ्यो चिसो, तराईमा हुस्सु कुहिरो

    नवलपुर टुडे
    २०७९ मंसिर २५ | बिहान ०९:०८ बजे

      काठमाडौ । हाल देशभर मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

      देशका पश्चिम तथा मध्य तराईतिर केही स्थानहरुमा हल्का हुस्सु-कुहिरो लागेको छ। आइतबार दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ। आज राति लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।  

      आगामी २४ घण्टामा देशका तराईका केही भू–भागमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। 

        कमेन्टहरु