कृष्णनगरमा लैंगिक हिंसाबिरूद्ध १६ दिने अभियानको समापन


कृष्णनगर, मांसिर २४ । कपिलवस्तुको कृष्णनगरमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आज सम्पन्न भएको छ । कृष्णनगर नगरपालिकाको आयोजना र आफन्त नेपाल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शान्तीपुनर्स्थापना गृह, साना हात नेपाल, सुआहारा लगाएत संघ संस्थाको सहकार्यमा १६ दिने अभियानलाई कृष्णनगरको लिंकगेटमा एक कार्यक्रमकाबिच समापन गरिएको हो ।
कार्यक्रम कृष्णनगर नगरपालिकाका उपप्रमुख आरती देवी चौधरीको अध्यक्षता तथा भन्सार कार्यालय कृष्णनगरका अधिकृत ठाकुर गौतमको प्रमुख आतिथ्यमा सुरु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै भन्सार कार्यालय कृष्णनगरका अधिकृत तथा कार्यक्रमका प्रमुख अतिथी ठाकुर गौतमले लैङ्गिकताको आधारमा कोहि कसैले विभेद गर्न नहुने र हिंसा घरबाट नै अन्त्य गर्नुपर्ने बताए । लैङ्गिक हिंसारहित समाज निर्माणमा जोड दिँदै अपराध गर्नेले उन्मुक्ति पाउन नहुने बताए ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय कृष्णनगरका वरिष्ठ प्रहरी नायब निरिक्षक दामोदर डागी, अस्थायी चेक पोष्ट लिंकगेटका वरिष्ठ प्रहरी नायब निरीक्षक शिव ओली, कविराज नागेश्वर मिश्र लगायत ब्यक्तिहरुले लैङ्गिक हिंसा विरुद्ध मन्तब्य राखेका थिए । कार्यक्रममा सशस्त्र प्रहरीका सालिकराम, कार्यपालिका सदस्य ज्योति कोरी, विकाश श्रीवास्तव, पंकज गुप्ता लगायत समाजसेवी, पत्रकार, लगायत अन्यको सहभागिता रहेको थियो l
कार्यक्रम संचालन कृष्णनगर नगरपालिका महिला शाखा प्रमुख थुमा देवी उपाध्यायले गरेकी थिइन् ।





