नवलपरासीको बेलाटारीमा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम


परासी, मंसिर २३ । “समुदाय – प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत पश्चिम नवलपरासीको बेलाटारीस्थित त्रिभुवन बहुमुखी क्याम्पसको सभाहलमा आत्माहत्या न्यूनीकरण सम्बन्धी चेतना कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) को आयोजनामा जिल्लाको प्रतापपुर गाउँपालिका -९ स्थित बेलाटारीमा २५० जना बिद्यार्थी भाईबहिनिहरुलाई आत्माहत्या न्यूनीकरण सम्बन्धी चेतना कार्यक्रममा सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयद्धारा आत्महत्या न्यूनीकरण सम्बन्धि प्रस्तुतिकरण मार्फत बिहान ०७:४५ बजेदेखि ऐ. ०८:५० बजेसम्म प्रस्तुतिकरण मार्फत प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
सो कार्यक्रममा उक्त क्याम्पस प्रमुख, अध्यापकहरुसहित स्नातक तहमा अध्ययनरत अन्दाजी २५० जना बिद्यार्थी र प्रहरी कर्मचारीहरुसमेत सहभागिता रहेको थियो ।
साथै आगामी दिनमा यस किसिमको कार्यक्रममा अन्य बिद्यालयका बिद्यार्थीहरुलाई समेत सहभागि गराई प्रशिक्षण प्रदान गरिने लक्ष्य रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले बताउनु भयो ।





