स्वास्थ्य

    नवलपरासीमा चौधरी फाण्डेशनको सहयोगमा निशुल्क पाठेघर स्वास्थ्य परीक्षण शिविर

    नवलपुर टुडे
    २०७९ मंसिर २२ | मध्यान्ह ०१:०८ बजे

      नवलपरासी, २२ मङसिर । चौधरी फाउण्डेशनले महिला समुदायलाई लक्षीत गरि पश्चिम नवलपरासीको विभिन्न तीन स्थानमा निशुल्क पाठेघर स्वास्थ्य परिक्षण शिविरको आयोजना सम्पन्न गरिएको छ । शिविरबाट करिव ६ सय महिलालाई उपचार सेवा लिएका छन् ।

      चौधरी फाउण्डेशनको प्राविधीक सहयोग तथा चेतना महिला कृषि सहकारी संस्था लिमिटेडको सहजीकरणमा जिल्लाको ग्रामीण क्षेत्र मध्ये सुस्ता ५ पक्लीहवा, बर्दघाट बजारको महिलाहरुको पाठेघर प्याव परीक्षण अन्तर्गत महिलाहरुको प्रजनन अंगमा क्यान्सर छ छैन परीक्षण गरिएको हो । यस बारे बिशेष गरी ग्रामीण क्षेत्रका महिलाहरु उपचार सेवाबाट लाभाम्भित भएको फाउण्डेशनका सचिव सारिका चौधरीले जानकारी दिए ।

      चौधरी फाउण्डेशनको प्राबिधिक सहयोगमा भएको उक्त कार्यक्रममा तीन स्थानमा गरी कुल ६ सय जना महिलाहरुले उपचार गराएको थियो । उपचार गराएका महिलाहरु मध्ये ५० जना महिलाहरुको रिपोर्ट पोजेटिभ आएको र उक्त रिपोर्ट काठमाडौँको ल्याबमा अन्तिम परीक्षण गरेपछि क्यानसर भएको र नभएको पूर्ण रुपमा थाहा हुने टिमका लिडर डाक्टर प्रविश पौडेलले बताए ।

      सुस्ता गाउँपालिकाका- ५ का वडा अध्यक्ष प्रभूनारायण यादबले उपचारदेखि टाढा रहेका अति बिपन्न खाले महिलाहरुले यस्तो खाले परीक्षण गर्न पाएकोमा खुसि जनाउदै चौधरी फाउण्डेशनले आगामी दिनमा पनि सामाजिक कार्यमा अझ बढी सहयोग गर्नेमा विश्वास लिएको बताए ।

      चेतना महिला कृषि सहकारी संस्था लिमिटेडकी अध्यक्ष कमला पराजुलीका अनुसार चौधरी फाउण्डेशनले यसरी नयाँ खाले उपचार बिधिबाट स्थानिय महिलाहरुलाई लक्षित कार्यक्रम ल्याएकोमा धन्यबाद दिंदै आफु यस्तो सामाजिक कार्यमा जोडिन पाएकोमा खुशि जनाउदै आगामी दिनहरुमा पनि यस्ता खाले कार्यक्रमहरु फाउण्डेशनले ल्याउने छ भन्नेमा बिश्वास्त रहेको जनाए । बर्दघाट ४ मा रहेको सम्मुनत महिलामंच नेपालकी अध्यक्ष दिल कुमारी कुँवरले पनि यस्ता खाले परीक्षण फेरीफेरी पनि चौधरी फाउण्डेशनले गर्ने आशा राखे ।

      कुँवरले महिलाहरुको पाठेघर प्याव परीक्षणमा सहभागी भएका महिलाहरु विभिन्न् खाले क्यान्सरबाट पीडित भएको आबस्थामा आफ्नो स्वास्थ्य कस्तो छ भनेर आफ्नै घर आगनमा परीक्षण गराउन पाएकोमा खुसि ब्यक्त गर्दै चौधरी फाउण्डेशन र स्थानीय सहयोगी संस्थालाई धन्यबाद दिए ।

      पछिल्लो समय चौधरी फाउण्डेशनले नवलपरासीमा विभिन्न सामाजिक कार्यमा संलग्नता देखाउदै आएको छ । यस अगाबै चौधरी फाउण्डेशनले केहि दिन अधि मात्र बर्दघाट नगरपालिका – २ को सुखौरामा रहेको प्रगतिशिल आमा समुहलाई सिलाइ बुनाई मेशिन दिएर स्थानीय महिलाहरुलाई सिलाइ बुनाइ तालिम दिएको थियो ।

        कमेन्टहरु