सिरहा बरियारपट्टी नाकाका सशस्त्र प्रहरी निरीक्षक ठकुरीको काला कर्तुत बाहिरियो


सिरहा । सिरहाको दक्षिणी सिमावर्ती बरियारपट्टी नाकाबाट सशस्त्र प्रहरीको सेटिङ्गमा लाखौं लाखको माल सामान अबैध रुपमा ओसारपसार भइरहेको तथ्य फेला परेको छ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी बरियारपट्टीका प्रहरी निरीक्षक (इन्सपेक्टर) शंकर शाही ठकुरीको सेटिङ्गमा दिन दहाडै व्यापारीलाई लाइन दिई मालसामान ओसारपसार गरेको पाइएको हो।
सिरहा जिरोमाईल बरियारपट्टी सडकखण्डमा चल्ने स्थानीय बसहरुमा लाईन दिएका व्यपारीले दिनमा दुई पटक दिउँसो र साँझ गरी तिनपाङ्ग्रे सवारी साधन लगायत मोटरसाइकलमा खुलेयाम व्यापारीले मालपास गर्ने गरेका छन। यो संगै सशस्त्र प्रहरी बल विओपी बरियारपट्टीका प्रहरी निरीक्षक शंकर शाही ठकुरीको संरक्षणमा उक्त नाकाबाट जनावर गाई, गोरु, लत्ता कपडा चिनी, सुपारी, खाटीतेलको टिना, चामल लगायत सामानहरु वारपार हुने गरेको स्थानीयहरु बताउँछन् ।
प्रहरी निरीक्षक ठकुरीले बरियारपट्टी औराही – १ सडक खण्डबाट मासिक १ लाख ३५ हजार भन्सार नाकाबाट ६० हजार खोक्सी सडक खण्डबाट १ लाख गरी मासिक रकम ३ लाख रुपैयाँ रकम असुल गरी लाईन दिएको नाम नछाप्ने शर्तमा एक व्यापारीले बताए ।
उक्त सडकबाट दिनहुँ ३० जना तस्करलाई लाइन दिने गरेको, जस मध्ये २० महिला र १० जना पुरुष रहेको प्रत्यक्षदर्शी बताउँछन् । यो पश्चात प्रहरी निरीक्षक ठकुरीले व्यापारीहरु संग लाइनको रकम लिने, र पुन व्यापारीको सामान पक्राउ गरी पटक पटक मन लागी अनुसार रकम लिइ सामान छाडने गरेको नाम नछाप्ने शर्तमा अर्को एक व्यापारीले बताए ।
स्थानीय एक महिला व्यापारीले भने “मैले ४ हजार रकम लाइन दिएको तर, पछि म सग यौन सम्पर्क राख्न प्रस्ताव राखे, “मैले त्यो काम गर्दिन बरु हजुरलाई काम गरेको बापत लाइन को रकम दिन्छु, मैले नमाने पछि मेरो सामान पकाउ गरियो र पुन:१० हजार रकम लिइ सामान छोडेको बताए ।
त्यस्तै अर्को व्यापारीले भने, “म संग दाल, काजु किस्मिस, तेल कपडा पनि लियो, पैसा माग्दा नदिए पछि काम नगर्ने चेतावनी दिएको बताए ।





