उपाध्यक्ष मशहुद खांँले पुनः प्रदेश सभा सदस्यमा विजयी खानलाई दिए बधाई


कपिलवस्तु, मंसिर २१ । कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहुद खांँ नेपालीसहितको टोलीले लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकूद मन्त्रालयका मन्त्री वसिउद्दिन खानलाई अहिले फेरि रूपन्देही जिल्लाबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकोमा भेटेर बधाई दिदै सफल कार्यकालको शुभकामना दिएका छन् ।
खांँ मन्त्री हुदा प्रदेशको शिक्षामा आपेक्षित सुधार गर्न हरेक सम्भव प्रयास गरेका तथा मदरसा शिक्षाको व्यावस्थापनमा राम्रो पहल गरेको र बहुसंख्यक तथा अल्पसंख्यक समुदायकोसमेत मन जित्न सफल मन्त्रीका रूपमा रहन सफलसमेत रहेकाले अब बन्ने लुम्बिनी प्रदेश सरकारमा फेरि मन्त्री बन्नु पर्ने आवश्यकता रहेको लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खांँ नेपालीले बताए l
राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रिय उपाध्यक्ष शैख जैस मक्की, राष्ट्रीय मदरसा संघ नेपालका सल्लाहकार जहिर अहमद बरेलवी, जाहिर आजाद झण्डानगरी, अकिल अहमद, तोफेल खानलगायत समेतले खाँलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन l





