देश

    चोलेन्द्रविरुद्धको महाभियोग आगामी संसदमा छलफल हुन्छः सञ्चारमन्त्री

    नवलपुर टुडे
    २०७९ मंसिर २१ | मध्यान्ह ०३:०८ बजे
    फाइल तस्बिर

      काठमाडौ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथिको महाभियोग जीवितै रहेको दाबी गरेका छन् ।

      बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले आगामी प्रतिनिधिसभामा महाभियोगमाथि छलफल हुने दाबी गरे ।

      ‘अघिल्लो प्रतिनिधिसभामा चोलेन्द्रशमशेर जबराको विरुद्ध महाअभियोगमाथि छलफल भएर त्यो छलफलको प्रतिवेदन अर्को गठित प्रतिनिधिसभामा छलफल हुने विषय जीवितै छ । यो महाअभियोग सार्वभौमसम्पन्न संसदको सम्पत्ति हो ।

      यसको छलफल अब आउने प्रतिनिधिसभामा छलफल भएर यसले एउटा निर्णयमा पुग्छ,’ कार्कीले भने । संसद सचिवालयले भने राणालाई महाभियोग निस्प्रभावी बनेको पत्र दिएको थियो । त्यसपछि राणा आजै सर्वोच्च फर्किने तयारीमा छन् । तर, बार एसोसिएनले भने उनलाई सर्वोच्च जानबाट रोक्ने योजनामा छ ।

        कमेन्टहरु