पश्चिम नवलपरासी प्रहरीद्वारा फरार प्रतिबादी धमाधम पक्राउ

नवलपुर टुडे
२०७९ मंसिर २१ | मध्यान्ह ०२:०८ बजे

परासी, मंसिर २१ । पश्चिम नवलपरासी प्रहरीले फरार प्रतिबादीहरुलाई पक्राउ गरिएको छ । पक्राउ पर्ने प्रतिबादीहरु सवारी ज्यान मुद्दाका सरावल- १ का अन्दाजी ४४ बर्षीय दिपक चौधरी र सोही स्थानका बहुबिबाह मुद्दाका ४८ बर्षीय सुग्रिम प्रसाद चौहान रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिएको छ ।
उनीहरुलाई आज बिहान करिब ११: ४५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी मातहत प्रहरी चौकी बासाबाट प्र.ना.नि. यादव प्रसाद न्यौपानेको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि सम्मानित जिल्ला अदालत नवलपरासीमा उपस्थित गराए हो ।
पछिल्लो समयमा पश्चिम नवलपरासी प्रहरीले बिभिन्न मुद्दाका फरार प्रतिबादीहरुलाई फैसला कार्यान्वयनका लागि धमाधम पक्राउ गरि सम्मानित जिल्ला अदालतमा उपस्थित गराएको छ ।





