नवलपरासीमा रासायीनक मल बितरण प्रक्रिया अघि बढाईयो


नवलपरासी, २१ मङ्सिर । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा प्रदेश सरकार अन्तर्गत कृषि तथा भुमी व्यवस्था मन्त्रालय मार्फत प्राप्त रासायनिक मल (युरिया) बितरण प्रक्रिया अघि बढाईएको छ ।
लुम्विनी प्रदेश सरकार अन्तर्गत कृषि तथा भुमी व्यवस्था मन्त्रालय मार्फत जिल्लामा प्राप्त कुल ४२७.४ मेट्रीक टन रासायनिक मल जिल्लाका सवै पालिकाको आवश्यकतालाई मध्यनजर गर्दै बितवरण प्रक्रिया अघि बढाईएको हो ।
सो अन्तर्गत जिल्लामा प्राप्त भएको रासायनिक मल जिल्लाका सवै पालिकामा कोटा निर्धारण गरी बितवरण प्रक्रिया अघि बढाईएको कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट – सुस्ता पश्चिम) का प्रमुख सन्तोष चौधरीले जानकारी दिनुभयो ।
प्राप्त मल रामग्राम नगरपालिका, सुनवल नगरपालिका, सरावल गाउंँपालिका, बर्दघाट नगरपालिका, पाल्हीनन्दन गाउंँपालिका, प्रतापपुर गाउंँपालिका र सुस्ता गाउंँपालिकाका किसानहरुलाई बितरण गरिने छ । मल लिनका लागि पालिकामा पत्राचार भएकाले अब तत्कालै पालिकाबाटै रासायनीक मल वितरण गरिने प्रतापपुर गाउंँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले जानकारी दिनुभयो ।
मल वितरण प्रक्रिया पुर्ण रुपमा पारदर्शी गरी प्राथमिकताका आधारमा किसानलाई पालिका स्तरका सहकारी संस्था मार्फत तत्कालै बितरण गरिने सरावल गाउंँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दुर्गा पौडेलले जानकारी दिनुभयो ।
नवललपरासी निर्वाचन क्षेत्र १ बाट निर्वार्चित संघीय सांसद बिनोद सांसद चौधरीले प्रदेश सरकार अन्तर्गत कृषि तथा भुमी व्यवस्था मन्त्रालय मार्फत नवलपरासीका किसानलाई लक्षित गरी रासायनिक मल ल्याउन पहल गर्नुभएको थियो ।





