राजनीति

    नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक बस्दै

    नवलपुर टुडे
    २०७९ मंसिर २१ | बिहान ०९:०८ बजे

      काठमाडौ । महासचिव नेतृत्वको नेकपा एमाले केन्द्रीय कार्यालय बैठक आज बुधबार बस्ने भएको छ । केन्द्रीय सचिवालय बैठक अघि एमालेको केन्द्रीय कार्यालय बैठक बस्ने गर्छ ।

      बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । एमाले केन्द्रीय कार्यालय बैठकमा महासचिव लगायत उपमहासचिव र सचिवहरु रहेका छन् ।

      कार्यालय बैठकले पार्टी केन्द्रीय सचिवालयका एजेन्डा तय गर्नेछ । मंसिर ४ को निर्वाचनपछि पहिलो पटक बैठक बस्न लागेको हो । निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको परिणाम सार्वजनिक गरेसँगै एमालेले बैठक बोलाएको हो । बैठकमा समानुपातिकतर्फ बन्द सुचीमा रहेकाबारे छलफल हुनेछ ।

      एमालेले समानुपातिक तर्फ लोकप्रिय सवैभन्दा बढी २८ लाख ४५ हजार ४६१ मत ल्याएको छ भने प्रत्यक्षतर्फ ४४ सिट जितेको छ ।

        कमेन्टहरु