देश

    नवलपुर टुडेका पत्रकार सिंहमाथि दुव्र्यवहार, पत्रकार महासंघ सिरहा शाखाद्वारा कार्वाहीको माग

    नवलपुर टुडे
    २०७९ मंसिर १९ | मध्यान्ह ०६:०८ बजे

      बुटवल, मंसिर १९ । गत मंसिर १२ गते सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका – ५ इटहर्वास्थित रामजानकी बिबाह पञ्चमीको अवसरमा लगाइएको मेलामा सामाचार संकलन गर्न पुगेका नवलपुर टुडे सिरहाका पत्रकार प्रदिप सिंहमाथि पालिका अध्यक्षका छोराको नेतृत्वमा आएका युवाहरुले हातपात गरेको विषयप्रति नेपाल पत्रकार महासंघ सिरहा शाखाले विज्ञप्ति जारी गर्दै दोषीलाई हदैसम्मको कानुनी कारवाहीको माग गरेका छन ।

      नवराज गाउँपालिका अध्यक्ष शिवउदगार यादवले प्रयोग गर्दै आएको सरकारी गाडिमा बिना हेलमेट तीन जना सवार युवाहरू चन्दन कुमार यादव, पप्पु यादव र अमित कुमार यादवले” आफूहरुको फोटो किन खिचेको” भन्दै नवलपुर टुडेका सिरहा संम्बाददाता प्रदिप सिंहलाई निर्घात कुटपिट गरेका थिए ।

      गाउँपालिकामा अध्यक्षको लागि सरकारले प्रदान गरेको बाइक प्रदेश ०१ _००१_बा ०३२३ नम्बरको सरकारी प्लेटको गाडीमा कालो ड्रेसमा तीन जना सवार गर्दै आएको अवस्थामा रिपोर्टिङको शिलशिलामा रहेका पत्रकार सिंहले देखेपछि फोटो खिचेका थिए ।

      पालिका अध्यक्षका छोरा चन्दन यादवको नेतृत्वमा आएका युवाहरुले पत्रकार सिंहलाई निर्घात कुटपिट गरेको घटनाप्रति पत्रकार महासंघ सिराहा शाखालेसमेत आफ्नो गम्भिर ध्यनाकर्षण गर्दै घटनाको सत्य तथ्य बुझी दोषीमाथि कारबाहीको माग गर्दै बिज्ञप्ती जारी गरेका छन् ।

      बिज्ञप्ती –

      photo 2022 12 05 18 28 00

        कमेन्टहरु