देश

    कामना सेवा बैंकको २६औं शाखारहित सेवा तिलोत्तमा

    नवलपुर टुडे
    २०७९ मंसिर १९ | बिहान ०८:०८ बजे

      बुटवल । कामना सेवा विकास बैंकले २६औं शाखारहित बैकिङ सेवा सञ्चालनमा ल्याएको छ।

      बैंकले रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका-३ मा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो। सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले बैंकले थप नयाँ स्थानमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ सेवा सुरु गरेको हो।

      बैंकका सञ्चालक भीमप्रसाद तुलाचन र वडा अध्यक्ष कल्याणप्रसाद पौडेलले संयुक्त रूपमा शाखारहित बैंकिङ सेवाको उद्घाटन गरेका छन् ।

        कमेन्टहरु