देश

    परासीमा सुतेकै अबस्थामा जलेर एक जनाको मृत्यु

    नवलपुर टुडे
    २०७९ मंसिर १८ | मध्यान्ह ०४:०८ बजे

      परासी । पश्चिम नवलपरासीको रामग्राममा चिसोबाट बच्न ओछ्यान नजिक आगो बालेर सुत्दा जलेर एक जनाको मृत्यु भएको छ ।

      मृत्यु हुनेमा नवलपरासीको रामग्राम – १२ शान्तीचौरमा डेरा गरि बस्ने भारतको महाराजगंजका ६० बर्षिय रामलखन लोनिया रहेको प्रहरीले जानकारी दिएको छ ।

      उनी परासीमा बसेर तस्कारी बेचेर गुजारा गर्दै आईरहेका थिए । तराईका अधिकांश स्थानमा जाडोको समयमा चिसोबाट बच्नका लागि सुत्ने छेउमा आगो बालेर सुत्ने गर्दछन । सोही आगो ओछ्यानमा सल्केर टिनको टहरामा आगो सल्किएपछि जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेयले जानकारी दिनुभयो ।

      लोनियाले अत्याधिक मदिरा सेवन गरेका कारण आगो लागेर जल्दासमेत थाहा नपाउदा मृत्यु हुन पुगेको बताईएको छ । रातिनै स्थानियले टहरामा लागेको आगो निभाएपनि घर भित्र मानिस भए नभएको थाहा नहुदा उनको उद्धार हुन नसकेको स्थानियले बताएका छन् ।

      मृतक लोनियाका आफन्तलाई भारतमा जानकारी गराईसकिएको प्रहरीले जनाएको छ । जाडो मौसममा तराईका जिल्लामा गुईठा, दाउरा बालेर सुत्ने गर्दा आगालागी बाट जनधनको क्षति हुदै आएको छ ।

        कमेन्टहरु