देश

    लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारणसभा सम्पन्न

    नवलपुर टुडे
    २०७९ मंसिर १८ | बिहान ०६:०८ बजे

      नवलपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका – ३ कुश्मामा अवस्थित लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।

      संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै व्यवस्थापक सोनी चौहानले २७६ जना सेयर सदस्य रहेको संस्थाले आ०ब० ०७८/०७९ मा ४७ लाख ५६ हजार ४ सय ६९ को कारोबार गर्दै १ लाख ७१ हजार ४ सय ९० रुपियाँको शुद्ध नाफा आर्जन गरेको बताएकी छिन् ।

      लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि० का अध्यक्ष सुशील गुप्ताको अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दीपक) को प्रमूख अतिथिमा सम्पन्न भएको छ।

      कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुप्ताले सहकारीले समाज विकास निर्माण कार्यमा अमूल्य योगदान गरेको भन्दै आगामी दिनमा यसको असल मूल्याकंन हुने विश्वास व्यक्त गरेका छन्।

      कार्यक्रममा पाल्हिनन्दन गाउँपालिका – ३ का वार्ड अध्यक्ष गोधन प्रसाद हरिजन, वडा सदस्य जडावती लोनिया, ज्ञान कुञ्ज इंग्लिश स्कूलका संस्थापक रामेश्वर यादव, यूवा समाजसेबी पशुपति गुप्ता, समाजसेवी रामदास गुप्ता, ज्ञासुद्दिन अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

        कमेन्टहरु