मनोरन्जन

    तिलक रामदामको ‘धोकेबाज’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

    नवलपुर टुडे
    २०७९ मंसिर १७ | बिहान ११:०८ बजे

      कावासोती । नवलपुरका तिलक रामदामले ‘धोकेबाज’ म्युजिक भिडियो सार्वजनिक गरेका छन । रामदामले यसअघि तिज गीतको म्युजिक भिडियो सार्वजनिक गरेका थिए । उक्त तिज गीतको म्युजिक भिडियो दर्शक श्रोताहरु माझ लोकप्रिय बनेपछि रामदामले ‘धोकेबाज’ को म्युजिक भिडियो बजारमा ल्याएको हो ।

      नवलपुर जिल्ला बुलिङटार- १ थामबेसीमा जन्मेका गायक एवम मोडल तिलक रामदाम बिगत लामो समयदेखि नै गीत संगीतमा लाग्दै आएका छन । गायक रामदामले यसपालि मायामा धोका पाउनेहरुको मन मुटु छुवाउनी गीत सार्बजनिक गरेका हुन ।

      गीतको लय सुक सागर तामाङको रहेको छ । शब्द गायक रामदामकै रहेको छ । एरेन्जर कृष्ण केसीले गर्नुभएको छ । गायिका सुनिता बुढा र रामदामको सुमधुर स्वरमा रेकर्डिङ यस गीतमा सारिका केसी र टिका भुजेलको अभिनय रहेको छ । यस म्युजिक भिडियो गायक तिलक रामदामको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन ।

       

        कमेन्टहरु