समाचार

    घेराबन्दीमा परेका बालेनलाई धरानका मेयर साम्पाङको साथ

    नवलपुर टुडे
    २०७९ मंसिर १७ | बिहान ०९:०८ बजे

      धरान । बालेन साहलाई घेराबन्दीमा पारिएको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वतन्त्रहरू एकताबद्ध हुने बेला आएको बताएका छन् ।

      काठमाडौं महानरपालिकाका मेयर साहले सुकुमबासी बस्ती उठाउन खोजेपछि भएको आलोचनालाई साम्पाङले घेराबन्दीको रूपमा अर्थ्याएका छन् । अरुले साथ दिए पनि नदिए पनि आफूले बालेनलाई साथ दिने साम्पाङको भनाइ छ । साम्पाङले फेसबुकमा यस्ताे लेखेका छन्- कथाले माग्यो अब, स्वतन्त्रहरू एक बन्ने बेला आएको छ ।

      स्वतन्त्र मेयर बालेन साहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ, त्यो निन्दनीय छ ! यो बेला अरुले साथ देऊन् नदेऊन् तर मेरो साथ रहनेछ । साम्पाङ र साह लौरो चुनाव चिन्हबाट स्वतन्त्र उठेर जितेका मेयर हुन् । केही महिनाअघि काठमाडौंको फोहोर व्यवस्थापनलाई लिएर साम्पाङ र साहबीच छेडछाड भएको थियो ।

        कमेन्टहरु