एका बिहानै धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ घाइते


जनकपुरधाम । पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको बिरेन्द्रबजारमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएकाे छ भने ९ जना घाइते भएका छन् ।
बा.१ ज. ८२९३ नम्बरको जीप ईटहरीबाट जन्ती बोकेर महोत्तीरीको पिपरा गाउँपालिकाको गमहरिया फर्किने क्रममा दुर्घटनामा ११ वर्षीय बालकसहित ५ जनाको मृत्यु भएको हाे । मृत्यु हुनेमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साह छन् । अन्यको पहिचना खुल्न बाँकी छ ।
जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको टाटा विंगर र ज १ च १४९६ नम्बरको पिकअप भ्यान आपसमा ठोकिएको थियो । दुर्घटनामा घाइतेहरुलाई जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याइएको छ । उनीहरुको अबस्था सामान्य रहेको धनुषाका एसपी बसन्त रजौरेले जानकारी दिए ।
जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको टाटा विंगर र ज १ च १४९६ नम्बरको पिकअप भ्यान आपसमा ठोकिएको थियो । मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन् । मृत्यु हुनेमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साह छन् । अन्यको पहिचना खुल्न बाँकी छ ।





