देश

    बाजुरामा कांग्रेसका बद्री पाण्डेलाई १११२ मतको अग्रता

    नवलपुर टुडे
    २०७९ मंसिर १६ | बिहान ०७:०८ बजे

      बाजुरा, मंसिर १६ । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता कायम राखेका छन् ।

      पछिल्लो मत परिणाम अनुसार पाण्डेले ५ हजार १ सय ६ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कर्णबहादुर थापाले ३ हजार ९ सय ९४ मत ल्याएका छन् । पाण्डे र थापाबीच १ हजार १ सय १२ को मतान्तर ररेका छन् ।

      यस्तै बाजुराको प्रदेश सभा ‘क’मा एकीकृत समाजवादीका नरेशकुमार शाही २ हजार १ सय ६ मत सहित अग्र स्थानमा छन् भने एमालेका बलदेव रेग्मी ९ सय ५५ मत ल्याउँदै शाहीलाई पछ्याइरहेका छन् ।

        कमेन्टहरु