देश

    स्याङ्जा २ मा धनराज गुरुङको अग्रता कायमै, एमालेकी पद्मा अर्याल पछ्याउँदै

    नवलपुर टुडे
    २०७९ मंसिर १६ | बिहान ०६:०८ बजे

      स्याङ्जा, मंसिर १६ । स्याङ्जा–२ मा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गुरुङले ११ हजार ९२० मत पाएका छन् ।

      यस्तै उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उमेदवार पद्मा अर्यालले नौ हजार ५०१ मत पाएकी छन् । अर्यालले यसअघि सार्वजनिक मत परिणामको तुलनामा मतान्तर घटाएकी छन् । अहिले अर्याल गुरुङभन्दा दुई हजार ४१८ मतले पछाडि छन् ।

      राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले पाँच हजार १९२ मत ल्याएका छन् ।

        कमेन्टहरु