धनगढीमा ग्रेडरले कुल्चिएर एक बालिकाको घटनास्थलमै मृत्यु

नवलपुर टुडे
२०७९ मंसिर १५ | मध्यान्ह १२:०८ बजे

धनगढी, मंसिर १५ । धनगढीमा ग्रेडरले कुल्चिएर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपहानगरपालिका–४ तारानगर बस्ने अन्दाजी १४ वर्षीया चेतना साउँद रहेको प्रहरीले जनाएको छ । उनी हसनपुरस्थित पञ्चोदय माविमा कक्षा ८ मा अध्ययनरत थिइन् ।
बिहीबार बिहान धनगढी उपमहानगरपालिका – ५ हसनपुर पिपलचौतारा सडकखण्डमा कालोपत्रे गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा साइकलमा स्कुल गइरहेकी साउँदलाई कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
चालक चितवन भरतपुर महानगरपालिका – २८ बस्ने २७ वर्षीय विमल कुमाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।





