देश

    सुनसरी – ४ मा सञ्चारमन्त्री कार्की विजयी

    नवलपुर टुडे
    २०७९ मंसिर १५ | बिहान ११:०८ बजे

      विराटनगर, मंसिर १५ । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् ।

      सञ्चारमन्त्रीसमेत रहेका कार्कीले नेकपा एमालेका जगदीशप्रसाद कुसियैतलाई ११२ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । कार्कीले ३० हजार ४८३ मत ल्याउँदा कुसियैतले ३० हजार ३७१ मत ल्याए ।

      कार्कीले ०७४ को निर्वाचनमा पनि वामगठबन्धनका उम्मेदवार रमेश श्रेष्ठलाई भारी मतान्तरले हराउँदै विजयी भएका थिए ।

        कमेन्टहरु