स्याङ्जा २ मा धनराज गुरूङको अग्रता कायमै, ६५४ मतले पछि परिन् पद्मा अर्याल

नवलपुर टुडे
२०७९ मंसिर १५ | बिहान ०९:०८ बजे

स्याङ्जा, मंसिर १५ । स्याङ्जा क्षेत्र नं २ मा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन् ।
अहिलेसम्म गल्याङ नगरपालिकाको ६ र ७ नम्बर वडा तथा भीरकोट नगरपालिकाको ५, ६, ७ र ८ नम्बर वडाको ८४६५ मत गणनामा गुरूङले ३९०१ मत प्राप्त गर्दा एमालेकी पद्मा अर्यालले ३२४७ मत प्राप्त गरेकी छन् । उनीहरुबीच ६५४ मतको अन्तर रहेको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७६१ मत प्राप्त गरेका छन् । विवादका कारण लामो समय मतगणना रोकिएको स्याङ्जा २ मा ७० हजार १९१ मत खसेको थियो ।





