समाचार

    डोटीको पूर्वीचौकी गाउँपालिका–६ का वडाध्यक्ष जोशीको निधन

    नवलपुर टुडे
    २०७९ मंसिर १५ | बिहान ०८:०८ बजे

      डोटी, मंसिर १५ । डोटीको पूर्वीचौकी गाउँपालिका–६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको गए राति निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको हो ।

      बुधबार गाउँपालिकाको बैठक सकेर फर्किने क्रममा ६५ वर्षीय जोशी बाटोमा एक्कासी बेहोस भएर ढलेका पूर्वीचौकी–४ का वडाध्यक्ष बलबहादुर खड्काले जानकारी दिए ।

      उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको हो । उनको हृदयघातकै कारण निधन भएको जिल्ला अस्पतालका डा.सोहन शाहले बताए ।

      जोशी गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

        कमेन्टहरु