देश

    सुनसरी–४ मा सञ्चारमन्त्री कार्कीलाई पछि पार्दै एमालेका कुसियैतले लिए अग्रता

    नवलपुर टुडे
    २०७९ मंसिर १५ | बिहान ०८:०८ बजे

      सुनसरी, मंसिर १५ । सुनसरी क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले अग्रता लिएका छन् ।

      पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवार कुसियैतले २९ हजार ९ सय ६६ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले २९ हजार ९३९ पाएका हुन् । सञ्चारमन्त्रीसमेत रहेका कार्की कुसियैतभन्दा २७ मतले पछि परेका छन् ।

      त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले ३ हजार १ सय ६८ मत, राप्रपाका विद्यानन्द यादवले ३ हजार १ सय २७ मत ल्याएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए ।

        कमेन्टहरु