देश

    अब संसदीय दलको निर्वाचनको तयारीमा लाग्छु : गगन थापा

    नवलपुर टुडे
    २०७९ मंसिर १४ | मध्यान्ह ०५:०८ बजे

      काठमाडौं, मंसिर १४ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अब संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताएका छन् ।

      महिला हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा महिला सुरक्षा दबाब समूहले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले आफू संसदीय दलको नेता बन्नका लागि तयारीमा रहेको बताएका हुन् । उनले भने, ‘शुक्रबारसम्म धन्यवाद कार्यक्रम सकौँ । त्यसपछि अर्को चुनाव अर्थात् पार्टीभित्रको संसदीय दलको नेताका लागि तयारीमा जुट्छु ।’

      त्यस्तै, महामन्त्री थापाले पाँच वर्षपछि हुने निर्वाचनमा ३३ प्रतिशत महिला सहभागीताका लागि निर्वाचन कानुन संशोधन गर्ने काममा ढिलाई गर्न नहुने बताए । कहिलेकाही मन्त्रिपरिषद्मा महिला सहभागीता शून्य हुने अवस्थालाई पनि अब अन्त्य गर्नुपर्ने उनले बताए ।

        कमेन्टहरु